राष्ट्रपति विद्यादेवी VS पुर्वराजा ज्ञानेन्द्र!! तपाई कसको हातको टीका ग्रहण गर्ने कमेन्ट गर्नुहोला.. जाने भए हेर्नुहोस टिकाको समय यस्तो छ

राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइदिने टिकाको कार्यक्रम यस्तो छ

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने भएकी छिन्।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार आगामी कात्तिक २ गते अपराह्न १ देखि २ बजेसम्म विशिष्ट व्यक्तित्व तथा २ देखि ४ बजेसम्म सर्वसाधारणलाई टीकाका लागि राष्ट्रपति कार्यालय शीतल निवासको ढोका नं १ खुला रहनेछ।

राष्ट्रपतिबाट टीकाग्रहण गर्न इच्छुक व्यक्तित्व, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई टीकाका लागि समय तोकिएको हो।

यस्तै निजामती, जङ्गी, प्रहरी तथा राष्ट्रसेवकलाई पनि समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

पुर्व राजा ज्ञानेन्द्र शाहले लगाइदिने टिकाको कार्यक्रम यस्तो छ: पुर्वराजा ज्ञानेन्द्रको यो वर्ष सर्वसाधारणलाई टिका लगाइदिने हुनुभएको छ । गत वर्ष टीका नलगाउनुभएका पुर्व राजा ज्ञानेन्द्रले यो वर्ष विजया दशमीको दिन दिउसो ३ बजेदेखि टीका लगाइदिने हुनुभएको हो ।

निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाका साइत अनुसार महेन्द्र मञ्जिलमा आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसंग टीका लगाउने कार्यक्रम तय भएको त ।

त्यसपछि दिउसो ३ बजेदेखि निर्मल निवासमा टीका लगाइदिने कार्यक्रम तय भएको निर्मल निवासले जनाएको छ । उता मुम्बइमा रहनुभएका ज्ञानेन्द्रको निर्देशन पछि ज्ञानेन्द्रका सबै कर्मचारी दशैको शुभकामना कार्ड बाड्न व्ययस्त छन ।

घटस्थापना लागे लगत्तै कर्मचारीले काड बाड्न शुरु गरेका हुन । ती कर्मचारीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, पुर्व प्रधानमन्त्री देखि सुरक्षा निकायका प्रमुख, पुर्व प्रधान सेनापतिहरु नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख लगायत आफन्तलाई शुभकामना कार्ड वितरण गरिएको छ ।

फुलपाति अघिल्लो दिनसम्म कार्ड वितरण गर्ने कर्मचारीले बताएका छन । ज्ञानेन्द्र फुलपातिको दिन नेपाल फर्कने कार्यक्रम तय भएको छ । भोलीपल्ट अर्थात अष्टमीको दिन नौ पिठमा दर्शन गर्ने कार्यक्रम तय भएको छ ।