मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलिको दिन तपाईको आध्यात्मिकता प्रति धेरै केन्द्रित रहनाले शान्त रहने देखिन्छ। भोलि तपाई विशेषतः सामाजिक कार्यमा व्यस्त रहनु हुने देखिन्छ भने भोलि तपाईको मान-सम्मान पनि बढेर जाने देखिन्छ। भोलि तपाईको आत्म-सम्मान साथै आत्मविश्वास पनि बढ्न सक्ला। भोलि तपाईलाई मित्रहरूबाट लाभ मिल्न सक्ने देखिन्छ। तर भोलि तपाईको यात्राको लागि खर्च बढेर जान सक्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलि तपाईको नयाँ कार्य व्यवस्थित गर्नको लागि शुभ देखिन्छ। भोलि तपाईको निर्धारित समयमा कार्य सम्पादन हुने देखिन्छ। भोलि तपाईलाई मिहिनेतको राम्रो परिणाम मिल्ने देखिन्छ। व्यवसायीहरूको लागि मात्र नभई भोलिको दिन जागिरेहरुको लागि पनि राम्रो रहेको छ। भोलि तपाईको पहिला अड्किएको कार्य सम्पन्न हुने देखिन्छ। अध्ययनमा पनि सफलता मिल्न सक्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलि परिस्थिति सोचेजस्तो अनुकूल नहुनाले तपाईमा मानसिक चिन्ता बढेर जाने देखिन्छ। भोलि तपाईलाई शरीरक स्वास्थ्यले पनि खासै साथ नदिने देखिन्छ। भोलि तपाईलाई सरकारी कार्यबाट लाभ मिल्न नसक्ला भने भोलि सकेसम्म कानुनी कार्यबाट पनि टाढा रहनु पर्ने देखिन्छ। धनको अपव्ययले तपाईलाई चिन्तित तुल्याउन सक्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलि तपाईले आफ्नो क्रोध नियन्त्रण गर्नु पर्ने देखिन्छ भने भोलि तपाईले सोचेर मात्रै व्यवहार गर्नु पर्ने देखिन्छ। भोलि निर्धारित कार्य सम्पन्न हुन गार्है पर्ने देखिन्छ। अनैतिक विचारहरूका कारण लज्जित रहनु पर्ने देखिन्छ। भोलि तपाईलाई अवसर प्राप्त भए पनि समयमा निर्णय लिन नसक्दा तपाईको कार्य असफल रहने देखिन्छ। भोलि प्रम-सम्बन्ध पनि तपाईको बिग्रन सक्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

भोलिको दिन तपाईको लागि मध्यम फलदायी रहने देखिन्छ।

भोलि तपाई विवादास्पद कार्य देखि टाढा रहनु होला। भोलि आर्थिक कार्य गर्दा संयम रहनु पर्ने देखिन्छ। भोलि पारिवारिक कलह बढ्न सक्ने देखिन्छ। भोलि तपाईको यात्रा गर्नको लागि शुभ देखिन्छ साथै भोलि सामाजिक जीवनमा सफलता मिल्नाले केहि राहत भने अवस्य मिल्न सक्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलि तपाईको परिवारमा शान्त वातावरण रहने देखिन्छ भने भोलि तपाईको परिवारसँग यात्राको पनि योग देखिन्छ। भोलि तपाईलाई स्वास्थ्यले पनि साथ दिने देखिन्छ। भोलि तपाईको अचल सम्पत्तिको जोहो गर्नको लागि शुभ देखिन्छ। आर्थिक रूपबाट पनि भोलिको दिन तपाईको लागि राम्रै मान्न सकिन्छ। भोलि तपाईलाई हरेक व्यक्तिबाट सहयोग मिल्न सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलिको दिन तपाईको रमाइलो जमघटका साथ बितेर जाने देखिन्छ। भोलि तपाईबाट टाढा भएका व्यक्ति सँग पनि सामिप्यता बढेर जाने देखिन्छ. बौद्धिक प्रवृति र छलफलमा तपाईलाई भोलि सफलता मिल्ने देखिन्छ भने भोलि कल्पनाशक्ति साथै सृजनात्मकशक्तिमा पनि तपाईको वृद्धि रहने देखिन्छ। भोलि तपाईलाई आकस्मिक आर्थिक लाभ मिल्न सक्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भोलि तपाइलाई काममा मिहिनेतको फल मिल्नाले मन प्रसन्न भएको महसुस गर्नु हुने देखिन्छ। तर भोलि तपाईमा बिना कारण अशान्तिले सताउन सक्ने देखिन्छ। नातेदारहरू संग संघर्ष हुन सक्ने हुँदा सजक रहनु होला। स्वास्थ्यको बारेमा चिन्ता बढ्न सक्ला भने भोलि तपाईलाई अध्ययनमा पनि मन नजाने देखिन्छ। कागजी कार्यबाट टाढा रहनु होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

भोलिको दिन तपाईको आध्यात्मिकताले भरिपुर्ण रहने देखिन्छ। भोलि तपाईको धार्मिक यात्रा सफल हुने देखिन्छ। भोलि तपाईको छोटो व्यवसायिक यात्रा पनि रहन सक्ला। भोलिको दिन तपाईको घर-जग्गा किन-बेचको लागि पनि शुभ देखिन्छ। नयाँ काम प्रारम्भ गर्न तपाईलाई हौसला साथै आर्थिक सहयोग पनि मिल्ने देखिन्छ। प्रेममा पनि तपाईलाई भोलि सफलता मिल्न सक्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलिको दिनमा तपाईलाई शेयर बजारमा सफलता मिल्ने देखिन्छ भने भोलि तपाइलाई कानुनी कार्यमा पनि सफलता मिल्न सक्ला। साथीभाइले राम्रै गर्ने दिन परेको छ। रोकिएका काम पुनः सुरु हुने भोलिको दिन तपाईको आर्थिक हिसावले शुभ मान्न सकिन्छ। तर पनि भोलि तपाईमा मानसिक चिन्ता भने बढ्न सक्ने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि तपाई शारीरिक तथा मानसिक रूपले उत्साहित रहनु हुने देखिन्छ। आर्थिक रूपमा पनि दिन लाभदायक देखिन्छ। भोलि तपाईको राजनीतिक कार्य पनि सफल रहन सक्ला। भोलि आफन्तहरु बाट उपहार प्राप्त गर्ने सम्भावना देखिन्छ। भोलि दांपत्य जीवन सुखमय बितेर जाने देखिन्छ। भोलि तपाईको हरेक समस्या हल भएर जाने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलि तपाईमा मानसिक व्याकुलता अधिक बढेर जान सक्ला। भोलि सकेसम्म कम बोलेकै उचित रहने देखिन्छ। भोलि तपाईमा एकाग्रताको कमी रहनाले तपाईको आर्थिक कार्य सफल हुन गार्है हुने देखिन्छ। भोलि तपाईले पूंजी लगानीमा विशेष हेरचाह गर्नु पर्ने देखिन्छ। परिवारका सदस्यहरुसँग पनि मनमुटाव बढेर जाने देखिन्छ। धार्मिक गतिविधिमा खर्च बढ्न सक्ला।