८ कात्तिक, पोखरा । सर्वाधिक पुरस्कार राशीको पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता भोलिदेखि पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ ।

कात्तिक २० गतेसम्म चल्ने प्रतियोगिताको सबै तयारी पुरा भएको छ । प्रतियोगिताका लागि फ्रेञ्चाइज टिमहरु पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स र धनगढी ब्लुज पोखरा आइसकेका हुन् । प्रतियोगितामा सहभागी सबै आफ्नो लक्ष्य च्याम्पियन बन्नु भएको बताएका छन् ।पोखरा पल्टन र धनगडी ब्लुजले पत्रकार सम्मेलन गरेरै उपाधि जित्ने लक्ष्य सुनाएको छ भने अन्य टीमको लक्ष्य पनि उपाधि नै भएको मार्की प्लेयरहरुले बताए ।

हाम्रो टिम उत्कृष्ट छ : ज्ञानेन्द्र मल्ल,मार्की प्लेयर, काठमाडौं रोयल्स

हामी उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिदैछौं । हाम्रो टीम सबै हिसाबबाट उत्कृष्ट छ । वसन्त रेग्मी, नरेश बुढाएर, पृथु बास्कोटाका साथै यू-१६ का उत्कृष्ट खेलाडी सूर्य तामाङ, सुधिर चौधरी, अमर रौटेला, यू-१९ का पवन सर्राफलगायतका खेलाडी हुनु हाम्रो जितको आधार हो । हाम्रो टीममा २ जना भारतीय खेलाडी छन् । २ जना विदेशी खेलाडी राख्नैपर्ने नियम अनुसार हामीले युवा खेलाडी किसन गोल्छावाला र गौरव कुमारलाई लिएका छौं ।
हाम्रो टिम ब्यालेन्स पनि छ । ब्याटिङ र बलिङ दुबै राम्रो छ । तुलनात्मक रुपमा हाम्रो जित्ने आधार भनेको ब्याटिङ हो । हाम्रो ब्याटिङ लाइन एकदमै राम्रो छ । तर फिल्डिङ पनि कमजोर छैन । हाम्रो टिममा अनुभवी खेलाडी र युवा खेलाडीको राम्रो कम्विनेसन भएकाले पनि उपाधि जित्नेमा विश्वस्त छौं ।

जितको भोको छौं : सोमपाल कामी,मार्की प्लेयर, बुटवल ब्लास्टर
हामीमा जितको भोक छ । हामी उपाधि जित्नकै लागि भनेर पोखरा आएका छौं । फाइनल खेलेर ट्रफी जित्ने हाम्रो लक्ष्य हो । हाम्रो टीम युवा खेलाडीले भरिएको छ । सबैमा जोश, जाँगर उत्तिकै छ । अरु भन्दापनि सबैमा जित्नैपर्छ भन्ने छ ।फिल्डिङ र ब्याटिङ दुबै राम्रो छ । तुलनात्मक रुपमा अवश्य पनि फिल्डिङ अझ राम्रो छ । हाम्रो जितको आधार पनि यहि हो । टीमको म मार्की प्लेयर छु । राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारी, सागर पुन, यू-१९ का हासिम अन्सारी, भीम सार्की, अविनाश बोहरा, हरि चौहान, पुरन विक, सिद्धान्त लोहनी, नितेश थापा, विपिन खत्री, प्रकाश केसी, र सम्पात शेख छन् । स्थानीय २ खेलाडी राख्नु पर्ने प्रावधान भएकाले रविन्द्रजंग शाही र अनिल खरेललाई ल्याएका छौं । त्यस्तै हाम्रो टीममा २ बिदेशी खेलाडीमा युएईका रोहन मुस्ताफा र चिराग सुरी छन् । उनीहरु युएईका राम्रा खेलाडी हुन् ।

जितको आधार स्पिनर : पारस खड्का,मार्की प्लेयर, चितवन राइनोज

हामीपनि उपाधि जित्ने भनेरै पोखरा आएका छौं । हामी जितको हकदार पनि हौं । अनुभवी र युवा खेलाडीको समिश्रण भएको टीम हो । फिल्डिङ र ब्याटिङ दुबै राम्रो छ । त्यस मध्येपनि जितको आधार भनेको स्पिन बलिङ हो, त्यसका लागि म स्वयम् र शक्ति गौचनलगायत एक से एक खेलाडीहरु छन् ।म राष्ट्रिय टीमको कप्तान पनि हुँ । शक्ति गौचनसहित राष्ट्रिय टीमका सदस्यहरु अनिल शाह, आरिफ शेख, करण केसी छन् । बदेशी खेलाडीमा भारतका सन्नी पटेल र स्मित पटेल छन् । उनीहरु अनुभवी र प्रतिभावान खेलाडी हुन् । यू-१९ बाट खेलिसकेका सुमित महर्जन, रामनरेश गिरी र भुवन कार्की तथा स्थानीय खेलाडीमा चितवनका स्वप्निल अधिकारी र आकाश थापा छन् ।

उपाधिको स्वभाविक हकदार : शरद भेषावकर,मार्की प्लेयर, पोखरा पल्टन

घरेलु टोली भएकाले हामी उपाधिको स्वाभाविक हकदार पनि हौं । होम ग्राउण्डमा खेल्दैछौं, यसले हामीमा आत्मविश्वास बढाएको छ र दर्शकको सपोर्टले उत्साह थपिदिन्छ । त्यतिमात्र होइन हाम्रो टीम जितका लागि योग्य पनि छ ।
अनुभवी र युवा खेलाडीहरुको समिश्रणबाट बनेको हाम्रो टीम साँच्चै राम्रो छ । हाम्रो टीम ब्यालेन्स छ । फिल्डिङ भन्नु हुन्छ कि ब्याटिङ सबैमा हाम्रो टिम राम्रो छ । यहि मात्र राम्रो छ भन्न सक्दिनँ । खेलमा जुनसुकै बेला जे पनि चम्किन सक्छ । आवश्यताअनुसार रणनीति बदलेर जित निकाल्न हामी सक्षम छौं ।

टिममा विदेशी खेलाडीका रुपमा युएईका स्टार मोहम्मद नाविद र भारत पञ्जावका रविसिंह मेहरा छन् । उनीहरु दुबै राम्रा खेलाडी हुन् । राष्ट्रिय क्रिकेट खेलाडी विनोद भण्डारी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, राशिद खानका साथै युवा खेलाडीहरु कृष्ण कार्की, कुशल भुर्तेल, विक्रम भुषाल लगायत छन् । त्यसैले पनि हामी जित्नेमा धेरै आशावादी छौं । पोखरा पल्टनमा पोखरेली खेलाडी दीपेश खत्री र सुमन घिमिरे पनि आबद्ध छन् ।

बलिङ हाम्रो पावर हो : सन्दीप लामिछाने,मार्की प्लेयर, विराटनगर टाइटन्स
हामीपनि उपाधि जित्न भनेरै आएका हौं । हाम्रो टिममा युवा खेलाडी धेरै छन् । त्यसमा पनि बलिङ हाम्रो पावर हो । यसको बलमा उपाधि जित्नेमा आशावादी छौं । हामी हरेक खेल जितेर उपाधि चुम्ने लक्ष्यमा छौं । हेरौं समयले कत्तिको साथ दिछ ।
हाम्रो टीममा मसहित दीपेश श्रेष्ठ, साहव आलम, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापालगायतका छन् । युवा खेलाडीहरु भएकाले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं । अहिलेसम्म विदेशी खेलाडी नआउँदा दुविधा जस्तो देखिएको छ । तर, विदेशी खेलाडी अवश्य आउँछन्, त्यो पनि राम्रा र अनुभवी । केही खेलाडीसँष् कुराकानी भइरहेको छ, बाँकी पछि भनौंला ।

जुनसुकै टीमलाई हराउन सक्षम छौं : दीपेन्द्रसिंह ऐरी,मार्की प्लेयर, धनगढी ब्लुज

हामी पनि जित्ने लक्ष्य लिएरै पोखरा आएका छौं । हामीसँग सबै युवा खेलाडी भएकाले जोश, जाँगरसहित जितको भोक छ र सबैले खेलमा शत प्रतिशत योगदान दिन सक्छौं । अझ भनौं हामी जस्तोसुकै टीमलाई पनि हराउन सक्षम छौं ।टीम पनि ब्यालेन्स छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष राम्रो छ । त्यसमध्ये पनि ब्याटिङ जितको आधार हो ।हाम्रो टीममा विक्रम ठगुन्ना, कमलसिंह ऐरी, सागर ढकाल, मञ्जित श्रेष्ठ, योगेन्द्रसिंह कार्की, सन्तोष भट्ट, रोविन क्षेत्री, सन्दीप सुनार, सन्दीप राजाली, दीलिप नाथ, सौरभ ढकाल, योगेन्द्रसिंह कार्कीसहितका युवा खेलाडी छन् । स्थानीय खेलाडीमा सुवेन्दु पाण्डे र अरुणसिंह ऐरी छन् । दुई विदेशी खेलाडीमा इंग्ल्याण्डका ड्यानिअल लोरेन र पिटर छन् । दुबै राम्रा र अनुभवी खेलाडी हुन्