नेपालको पर्बत जिल्लामा जन्मिएका नेपाली मुलका एचबी (ह्यारी) भण्डारी अमेरिकाकाे मेरिल्याण्ड राज्य विधायिका (हाउस अफ डेलिगेट्स ) लागि विजयी भएका छन । मंगलवार सम्पन्न निर्वाचनमा भण्डारी डिस्ट्रिक ८ वाट निर्वाचित भएका हुन ।

कुल ६ जना प्रतिस्पर्धीमा भण्डारी दाेस्राे भएका हुन् । डिस्ट्रिक ८ वाट तीन जना निर्वाचित हुन्छन । अमेरिकाकाे कुनै पनि संसदका लागि भएकाे निर्वाचन जित्ने भण्डारी पहिले नेपाली मुलका व्यक्ति हुन । ४१ बर्षिया भण्डारी पर्वतमा जन्मिएका हुन ।

मेरिल्याण्ड राज्य डेलिगेटस सभामा ४७ डिष्ट्रिकबाट एक सय ४१ जना सदस्य रहन्छन् । भण्डारी डेमाे क्रेटिक पार्टी बाट उमेदवार भएका थिए । भण्डारी पेशाले शिक्षक हुन । प्रारम्भिक सर्वेक्षणमा पनि भण्डारी दोस्रो स्थानमा रहँदैअाएका थिए ।