टोकियो । गल्कोट नगरपालिका मल्म स्थायी घर भई जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेकी एक नेपाली महिलाको आकस्मिक निधन भएको छ । एक्कासि बेहोस भै लडेपछि उपचारार्थ हस्पिटलमा लगिएकी ५० बर्षिय तुलसी देवी बस्नेतको हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो । उनलाई यही २४ तारिक मध्यरात १२ः११ मा डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

डाक्टरहरुका अनुसार मृत्युको कारण हृदयघात रहेको पारिवारिक स्रोतले बताएको छ । मृतकका श्रीमान् २ छोरा र १ छोरी जापानमा नै रहेका छन् भने मृतकको अन्त्यष्टी यहि २६ तारिक गरिने भएको छ ।

अन्त्यष्टी निम्न मिति समय र स्थानमा हुँदैछः

श्रदाञ्जलीको लागि ठेगाना : 名古屋市港区正保町8-9 फोन न. 052-383-2900(नावी) समय दिनको : १२:२० देखि १:३० बजे सम्म श्रदाञ्जलीको लागि

अन्त्यष्टी गरिने स्थान : ठेगाना: (यागोतो) 名古屋市天白区天白町大字八事字裏山69 फोन: 052-832-1750 नावी समेत समय : दिनको २:३० बजे

समाचार स्रोत: Nepali in japan samachar