टोकियो– बाग्लुङको गल्कोट स्थायी घर भई जापानको इवाराकी केनमा बस्दै आएकी एक नेपाली महिलाको उपचारका क्रममा अल्पायुमै निधन भएको छ ।

आफ्ना श्रीमान र एक छोरासहित इबाराकी केनमा बस्दै आएकी ३२ बर्षिय विना बोहोरा साहानी लामो समयदेखि क्यान्सरसंग जुधिरहेकी थिइन । उनको ईवाराकी केन स्थित हिताची जनरल हस्पिटलमा उपचारको क्रममा सोमवार विहान निधन भएको हो ।जापानमा ज्यान गुमाएकी ३२ बर्षिय नेपाली चेली विना बोहोरा साहानी। फाइल तस्विर ।
उनी गायक दिपिन साहनीकी श्रीमति हुन । दिपिन साहनी नेपाली संगित क्षेत्रमा प्रगतिशिल गायकका रुपमा चिनिन्छन् ।केही दिन अघिमात्रै बाग्लुङकै गल्कोट नगरपालिका मल्म स्थायी घर भई जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेकी ५० बर्षिय तुलसी देवी बस्नेतको पनि हस्पिटलमा उपचारकै क्रममा निधन भएको थियो । एक्कासि बेहोस भै लडेपछि उपचारार्थ हस्पिटल लगिएको थियो । डाक्टरहरुले उनको मृत्युको कारण हृदयघात रहेको जानकारी दिएका थिए ।आफ्ना श्रीमान र एक छोरासहित इबाराकी केनमा बस्दै आएकी ३२ बर्षिय विना बोहोरा साहानी लामो समयदेखि क्यान्सरसंग जुधिरहेकी थिइन । उनको ईवाराकी केन स्थित हिताची जनरल हस्पिटलमा उपचारको क्रममा सोमवार विहान निधन भएको हो ।